काठमाडौं । नेपालमा शुक्रबार कोरोना भाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षण गरिएको थियो । अब कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन् ।
अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ । अहिलेसम्म कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७३ वर्षीय वृद्ध भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।