
बाँके / बाँकेमा लागुऔषध अफिम सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका २ मा रहेको जिल्ला बाँके कोहलपुर न.पा.११ स्थित गोलपार्क स्थित एल.बि.गेष्ट हाउसबाट अफिम सहित भबिलाल पुन मगरलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको हो ।
लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको सयुक्त टोलीले जाजरकोट नगरपालिका वडा न.१ घर भई हाल घर भई हाल कोहलपुर नगरपालिका २ आनन्द नगर बस्ने ४२ बर्षिय भबिलाल पुन मगरलाई ४ केजी १७४ ग्राम अफिम सहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रवक्ता सुवास खड्काले बताउनुभयो । थप अनुसन्धानका लागि प्रहरीले पुनलाई इलाका प्रहरी कार्यलय कोहलपुरमा राखेको जनाएको छ ।