सुनवल नगरपालिका प्रदेश ५ को पहिलो स्मार्टपालिका

|

सुनवल / प्रविधिमैत्री,सुचना र संचारमा जनताको पहुँच पुर्याउने उदेश्यका साथ डिजिटल सर्वे तथा नगरको वस्तुगत स्थिति डिजिटल बनाउदै सुनवल नगरपालिका, नवलपरासीले विद्युतीय सुशासन प्रणाली सहित स्मार्टपालिका सिस्टमको सुभारम्भ गरेको छ । सेल एप प्रा.लि तथा स्मार्टपालिकाको प्राविधिक सहकार्यमा सुनवल नगरपालीकाले ५ नम्बर प्रदेशमा नै पहिलो नगरको रुपमा यस प्रणालीको सुरुवात गरेको हो ।

स्मार्टपालिकाका CEO मनोज भट्टराईको अध्यक्षतामा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका सर्वेक्षण गर्ने ६५ जना स्वयमसेवकलाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो । वितिय सुशासनको सुरुवातले नगरले सुचना र प्रविधिमा एक फड्को मार्ने र स्थानिय सरकार र जनता बिचको दुरि नजिक हुने मात्रै नभई स्मार्ट नगरपालिका बन्नेमा नगरपालिका विस्वस्त रहेको नगरका प्रमुख भिम बहादुर थापा क्षेत्रीले बताउनुभयो। नगरपालिकामा गरिने सबै कामकाज अब मोबाईल एप्सको माध्यमबाट गर्दै नगरको चौतर्फि विकास गर्दै आगामि वर्ष नगरले सबै नगरका जनतालाई चिप कार्ड उपलब्ध गराउने र झन्झट रहित सेवा सुविधामा पहिलो प्राथमिकता दिने कुरामा नगर सकारात्मक रहेको नगरका उपप्रमुख दधिराम अर्यालले बताउनुभयो।

क्यामपेन डिरेक्टर बिबस महतको नेतृत्वमा डिजिटल सर्वेक्षण, डाटा रुजुको तथा सिस्टम डिभेलपमेन्टको काम सम्पन्न भएको थियो भने नगरको तर्फबाट खेमराज अवस्थिले कार्यक्रमको अनुगमन गर्दै १ वर्षको अथक प्रयासमा सुनवल नगरपालिकालाई स्मार्ट नगरपालिकामा रुपान्तरण गर्न सफल भएको थियो। स्मार्टपालिकाका सम्बन्ध प्रबन्धक राजानन्द माण्डब्यको कार्यक्रम प्रस्तुतिमा सम्पन्न भएको थियो ।कार्यक्रममा स्मार्टपालिकाको तर्फबाट मनोज भट्टराईले सुशासन प्रणालिको प्रस्तुतिकरण गर्दै नगरले के कसरि यो प्रणालिलाई प्रयोग गर्ने र नगरले कसरि प्रविधिको उचित प्रयोग गर्दै जनताको जनगुनासो,सेवा सुविधालाई कसरी सहज बनाउने भन्नेमा स्मार्टपालिका सदैब तत्पर रहेको बताउनुभयो। स्मार्टपालिकाले हाल नेपालका ११० भन्दा बढि स्थानिय तहमा आफ्नो प्रबिधि र परामर्शको काम गर्दै आएको छ। कोभिड (१९ को विसम परिस्थितिमा सबै स्थानिय तहलाई Covid-19 Tracking and Management System तयार पार्दै आफ्नो सामाजिक जिम्मेवारी समेत बहन गरेको थियो।

२०७७ श्रावण २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।