
काठमाडौं । मोरङ जिल्लाको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यालयमै खुकुरी प्रहार भएको हो । शुक्रबार पटके करको विषयमा स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गर्दा गाउँपालिका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन् । घाइते गाउँपालिका अध्यक्षलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ ।
पहिला ठकुरीले गाउँपालिकाको पटके करको ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि रिस पाेख्नका लागि कार्कीमाथि खुकुरी प्रहार गरेकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान रहेकाे छ ।
खुकरी प्रहार गर्ने ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।