नेपालगन्जमा कोरा च्यालेन्जको आयोजना हुदैं

|

नेपालगन्ज / कोभिड विरुद्धको जनचेतनामूलक फैलाउदै नेपालगन्जमा कोरा च्यालेन्जको आयोजना हुदैछ । गत वर्ष भव्य औपचारिक कार्यक्रमबीच आयोजना गरिएको नेपालगन्ज कोरा यसपाली भने शनिवार विहान कुनै औपचारिकता विना नै कार्यक्रम हुने भएको हो ।

नेपालगन्ज साइक्लिङ्ग क्लब यो पटकको कोरामा आफुले आफैंलाई च्यालेन्ज गर्दै साईकल जतिसक्दो कुँदाउने र आफ्नो मन परेको रुटमा कुद्ने योजना अघि सारेको साइकल अभियन्ता सतिश निरौलाले नेपालगन्ज कोरा ऐतिहासिक हुने बताएका छन् । नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाले बढिमा १० जनाको समूहमा हुने नेपालगन्ज कोरा च्यालेन्जमा विभिन्न १० देखि १२ वटा समूह बन्ने अनुमान गरिएको बताए ।

भोलिको रुट पनि फरक फरक हुने थापाले बताए । सहभागी अभियन्ताहरुले कोभिड बिरुद्धको सचेतनामूलक स–साना ब्यानर साईकलमा लगाउने छन । कोरा च्यालेन्जमा सहभागीलाई अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्थासँगै साइकल कम्तिमा २ मिटरको भौतिक दुरिमा रहने गरि च्यालेन्जमा भाग लिनु पर्ने छ । कोराना कहरका विच विल्कुलै फरक शैलीबाट आयोजकले कोरोना विरुद्ध सन्देश प्रवाह गर्न खोजिएको आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले जनाएको छ ।

२०७७ श्रावण २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।