जन्म दिनको अवसरमा महासचिव ठगुन्नाद्धारा विरामीलाई फलफुल वितरण

|

दार्चुला / आफनो जन्मदिनको अवसरमा नेपाल युवा परिषद दार्चुलाका जिल्ला महासचिब सन्तोष सिह ठगुन्नाले विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेका छन । विहिबार आफनो जन्मदिनको अवसरमा जिल्ला अस्पताल दार्चुलामा रहेका विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेका हुन ।
समाजमा पछिल्लो समय नेपाली सस्कृति संगसंगै विदेशी सस्ककृति भित्रीरहेकोले यसलाई न्युनिकरण गर्ने उद्देश्यले आफनो जन्मदिनको अवरमा विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेको जिल्ला महासचिब ठगुन्नाले जानकारी दिनु भएको छ ।

कुनै नयाँ कामको सुरुवात पहिला आफुबाट नै सुरुवात गर्नुपर्नेमा महासचिव ठुगुन्नाको रहेको थियो । जिल्ला महासचिब ठगुन्नाले आफनो २२ वर्षको जम्म दिनको जन्मउत्सव मनाएका हुन ।
आफनो जन्मदिनको औसरमा जिल्ला अस्पताल दार्चुलामा रहेको १० जना विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेको नेपाल युवा परिषद दार्चुलाका अध्यक्ष भुपेन्द्र सिह विष्टले जानकारी दिनु भएको छ ।
फुलफुल वितरण कार्यक्रममा नेपाल युवा परिषदका जिल्ला अध्यक्ष भुपेन्द्र सिह विष्ट,उपाध्यक्ष भुवनेश्वरी रैखोला,नेपाल युवा परिषदका कोषध्याक्ष दिपेन्द्र सिह ठगुन्ना लगायत जिल्ला अस्पताल दार्चुलाका डाक्टरहरुको सहभागिता रहेको थियो ।

२०७७ श्रावण १, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।