युनेस्को कार्यकारी सदस्यमा बिमल कुमार फुयाल चयन

|

काठमाडौं । युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको कार्यकारिणी सदस्य र आयोगकै समाज विज्ञान समिति संयोजकका रुपमा बिमल कुमार फूयाल चयन भएका छन् । नेपालमा सन् १९५३ देखि युनेस्कोको सदस्यता हासिल गरेको नेपाल त्यसबेलादेखि नै यहाँ राष्ट्रिय आयोग रहँदै आएको थियो । आयोगमा शिक्षा, विज्ञान संस्कृति आमसञ्चार सामाजिक अभियानहरुको पृष्ठभूमिबाट आएका ६३ सदस्यहरु रहेका छन् ।

कार्यकारिणी सदस्यमा चयन भएका फूयाल लामो समयदेखि सामाजिक विकासमा क्रियाशील व्यक्ति हुन् भने विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाको नेतृत्व गरिसकेका व्यक्ति हुन् । केही समय अगाडि मात्रै उनी एक्सन एड नेपालको राष्ट्रिय निर्देशकबाट अवकास प्राप्त गरेका थिए ।

यसअघि उनी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ मा सदस्य र आजीवन शिक्षा विषय समितिको संयोजक थिए भने बेलायतमा रहेकाे एक्सनएड इन्टरनेसनलको अन्तर्राष्ट्रिय शिक्षा बिभागमा सन् १९९६ देखि २००२ सम्म काम गरेका थिए । सामाजिक रुपान्तरणका लागि क्रियाशील रहेका फूयाल काठमाडौं चुच्चेपाटीमा जन्मिएका हुन् ।

२०७७ श्रावण १, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।