साउन १ गतेबाट अनलाइन कक्षा बन्द हुने

|

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुका संस्था प्याब्सन र एन–प्याब्सनले भोलि साउन १ गतेबाट अनलाइन कक्षा स्थगन गर्ने जनाएका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरीले दुबै संगठनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण चैत्रदेखि सुरु भएको लकडाउनपछि पठनपाठन बन्द रहेको अवस्थामा अनलाइनमार्फत पठनपाठन गरे पनि आयश्रोतको अभावमा शिक्षक–कर्मचारीलाई तलब दिन नसकिएकोले बैकल्पिक शिक्षण सिकाइलाई निरत्नरता दिन नकिएको अध्यक्ष पुरीले बताउनुभयो ।

२०७७ असार ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।