नेपालमा पहिलोपटक नेपाल सरकारको सचिवमा दलित

|

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक दलित समुदायबाट सचिवमा बढुवा भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयका सह सचिव एवं प्रबक्ता डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ ।

पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् । खाद्य सुरक्षाबारे उनी राम्रो जानकार छन् । नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले डा.मान बहादुर विश्वकर्मा नेपाल सरकारको सचिव पदमा बढुवा हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालका लागि हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ ।

२०७७ असार २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।