
नेपालगञ्ज / सशस्त्र प्रहरीले बाँकेमा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले गएराती साढे १० बजे बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ भज्जुपुर्वा गाउँ नजिकैबाट करीब ८० हजार मूल्य बराबरको ‘वेलसिरेक्स’ नाम गरेको लागुऔषध बरामद गरेको हो ।
भारतबाट नेपाल भित्र्याइ रहेको अवस्थामा सशस्त्र प्रहरीको टोली देखेपछि बोरामा बोकिएको लागुऔषध फालेर तस्कर फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । बरामद गरिएको २ सय ३५ बोतल लागुऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले जानकारी दिए ।