मोहना अन्सारीलाई राष्ट्रिय मानब अधिकार आयोगको चेतावनी

|

काठमाडौ। राष्ट्रिय मानब अधिकार आयोगले आयोगकै सदस्य मोहना अन्सारीलाई जथाभाबी नबोल्न चेतावनी दिएको छ ।समाजबादी जनता पार्टीले पार्टीको नीति बिपरित लागेको भनी सरिता गिरीलाई पार्टीबाट निश्काशन गरेपछि मोहना अन्सारीले गिरीकै पक्षमा बोलेकी थिइन । गिरीलाई हटाउनु मानब अधिकार उल्लंघन हो भन्ने ढंगले अन्सारीले बोलेपछि आयोगका अध्यक्ष अनुपराज शर्माले बिज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका छन ।

अन्सारीको भनाइबाट कोही पनि भ्रमित नहुन आयोगले आग्रह गर्दै अन्सारीलाई आइन्दा आयोगको नीति बिपरित नबोल्न र त्यस खालका क्रियाकलाप नगर्न सचेत गराएको छ ।

२०७७ असार २७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।