कुलमान घिसिङलाई पितृशोक

|

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुवा कृपासिंह घिसिङको गएराति निधन भएको हो । राती बाथरुम जाँदा बेहोस भएका ९८ वर्षीय घिसिङलाई उपचारका लागि मेडिकेयर अपस्तालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

घिसिङका कुलमानसहित ६ जना छोरा र ३ छोरी छन् । घिसिङको तामाङ संस्कार अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ । घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिकास्थित बेथान हो ।

२०७७ असार २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।