काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा बाग्लुङ जिल्ला नेशीखोलाका गाउँपालिका-३ का २९ वर्षीय पुरुषको मृत्यु भएसँगै संक्रमितको संख्या ३५ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार उनी ढोरपाटन गाउँपालिकाको क्वारेन्टाइमा रहेका थिए । उनको मृत्यु असार २१ गते भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका थिए । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र
झापाका ५५ जनामा पनि संक्रमण पुष्टि भएको छ । प्युठान र काभ्रेका ४४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।