काठमाडौं / यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।
|
२०७७ असार २१, आईतवार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC