सुर्खेत / कोराना भाईरस ( काेभिड-१९) ले कणाली प्रदेशमा मानव अधिकार तथा खाद्य अधिकार लगायतका बिषयहरूमा पारेकाे असर र सरकारले गर्नु पर्ने कार्यदिशा सल्लाह, सुझाव ,सहितकाे बिषयहरूमा कर्णाली प्रदेशका सुर्खेत , दैलेख तगायतका जिल्लाहरूकाे स्थलगत, अनुगमनकाे पाइएका तथ्यहरूकाे आधारमा कणाली प्रदेश माननिय सामाजिक विकास मन्त्री दल रावल तथा भूमि कृषी तथा सहकारी मन्त्री बिमला केसीलाइ ध्यानाकर्षण गरीएकाे छ ।
साे अनुगमनमा फियान नेपाल, नेपालगञ्जका प्रमुख तथा मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष सुरेश कुमार गौतम,मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य पूर्ण रावल, आवाज सस्था तथा मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष पवित्रा शाही,गैसस महासघका जिल्ला अध्यक्ष घनश्याम केसी, जिल्ला खाद्य अधिकार सन्जाल सुर्खेतका जगत कुमार केसी ,अन्तर निर्भर समाजका निर्देशक विवेक शाही , सुन्दर नेपालका निदेशक भुपेन्द्र कडेल,भूमि अधिकार मन्चका राजेन्द शर्मा, वातावरणा सुधार समाजका हिमाल राजी , फियान नेपालका प्रकास नेगी लगाएतका व्यक्ति तथा सस्थाहरूकाे तफबाट प्रतिनिधित्व गर्दै फियान नेपाल, नेपालगञ्जका प्रमुख तथा मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष सुरेश कुमार गाैतम, जिल्ला खाद्य अधिकार सन्जाल सुखेतका जगत कुमार के सी ,भूमि अधिकार मन्चका राजेन्द्र शर्मा, फियान नेपालका प्रकास नेगी सहितकाे टिमले प्रदेश सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।