नरैनपुरमा पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी सम्पन्न

|

बाँके / बाँकेको नरैनपुर गाउँपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र नरैनपुर गाउँपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ३६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ककार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका महासचिव निरन्जन थापा र कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । महासचिव थापाले नयाँ नेतृत्वको ढाँचा र कार्यक्रम संयोजन भण्डारीले पारिवारिक मूल्यमान्यताका विषयमा प्रस्तुति दिनुभएको हो ।

विद्यमान परिवेशमा द्वन्द्वरहित सामज निर्माणमा परिवारिक महत्व कस्तो हुन्छ भन्ने विषयमा रहेर फेमिलि पीस एसोसिएशन नेपालका कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आफ्नो प्रस्तुति राख्नु भएको थियो । संयोजक भण्डारीले पारिवारिक मूल्यमान्यताको अवमूल्यन हुँदा विश्व द्वन्द्वग्रस्त अवस्थामा पुगेको बताउनुभयो । उहाँले असल परिवार निर्माण गर्न सके मात्र विश्व समृद्धिको बाटोमा अघि बढ्ने धारणा राख्नुभयो । असल परिवार निर्माण गर्न सचो प्रेममा अधारित पारिवारिक मूल्यमान्यताको विकास गनु पर्नेमा जोड दिनुभयो । उहाँले पारिवारिक विखण्डलले विश्वव्यापी विकृती सृजना भइरहेको भन्दै असल परिवार निर्माणनै सबै समस्याको समाधान भएको दाबी गर्नुभयो ।

त्यस्तै, समाज परिवर्तनका लागि समाजका अगुवाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ त भन्ने सवालमा केन्द्रीत रहेर प्रस्तुति दिँदै संस्थाका महासचिव निरञ्जन थापाले वर्तमान नेतृत्वको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ नेतृत्वको अवधारणाको समेत विश्लेषण गर्नुभयो । महासचिव थापाले अवको नेतृत्वाम नैतिकता र नवीनता हुनुपर्नेमा जोड दिँदै वर्तमान नेतृत्व नैतिक पतन भइसकेको बताउनुभयो । कार्यक्रमको संयोजन तथा व्यवस्थापन नरैनपुर गाउँपालिकाले गरेको हो भने प्राविधिक सहायोग फेमिलि पीस एसोसिएशनले गरेको हो ।

२०८० मंसिर १४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।