नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

|

नेपालगञ्ज । धारा नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली बुधबार मलेसिया प्रस्थान गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै पुत्राेजयामा यही जुलाई १८-१९ मा हुने वर्ल्ड एथलेटिक्सकाे लेबल रेस मान्यताप्राप्त स्काेर म्याराथनमा भाग लिन नेपालगन्जकाे टाेली त्यसतर्फ प्रस्थान गरेको हाे । टाेलीमा गगन थापा, सुरज विक्रम आले र निर्मल लम्साल रहेका छन् । मलेसियाको सर्वाधिक ठूलो मानिने स्काेर म्याराथनमा निर्मलले ४२.१९५ किलोमिटरमा दाैड्नेछन् । उनी ११ओैं धारा नेपालगन्ज म्याराथनमा शीर्ष दशभित्र कुदुेका थिए । स्काेर म्याराथनमा पचास हजार बढीको संख्यामा दाैड्दैछन् । गगन र सुराेजले ठूलो म्याराथनकाे म्यानेजमेन्ट पक्षकाे अवलोकन गर्नुका साथै पाँच किलोमिटर दाैडमा समेत भाग लिनेछन् । स्काेर म्याराथन नेपालकाे धारा नेपालगन्ज म्याराथनकाे पार्टनर म्याराथन हाे ।

प्रतिभाशाली खेलाडी, अफिसियल र स्वयंसेवकका लागि अवसर प्रदान गर्न धारा नेपालगन्ज म्याराथनले मलेसियाको स्काेरसँगै थाइल्यान्डको बाङ्सेन म्याराथन सिरिज लगायत विभिन्न देशका म्याराथनसँग सहकार्य गरेको छ । नेपालकाे धारा नेपालगन्ज म्याराथन हालै वर्ल्ड रनिङबाट एम्स साेसल अवार्डले सम्मानित भएको थियो ।

२०८३ असार ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।