मलाई आफुसंगै राखी हिंडेका छौ,
दिउँसो झाँडीमा त साँझ परेपछि गल्लीहरुमा
मलाई सल्काएर धुँवा उडाई हिंडेकाछौ
तिमीलाई उपहार छ हे मित्र, तिमीलाई मेरो उपहार !
पहिला जमिनले उगायो अनि बर्षाले भिजायो
समय बित्दै जाँदा कसैको हत्केलाले मिच्यो,
हातको मयल डल्लो बनाई कालो माल भन्न थाले
देख्नेहरु दाह्री भरि र्याल काढी पैसाहरु गन्न थाले
भोले बाबाको प्रसाद सम्झी दिनहुँ मलाई माया गरेऊ
तिमीलाई के थाहा मैले हजारौलाई बौलाहा बनाएकोछु
दिउँसै आकाश मण्डलमा ताराहरु गन्न लगाएको छ
यति मात्र कहाँ हो र, लाखौंलाई चुहानसम्म पुर्याएकोछु
तिमीलाई उपहार छ हे मित्र, तिमीलाई मेरो उपहार !
तिमीलाई उपहार छ हे मित्र ! भएंकर घतक रोगको
त्यतिले मात्र कहाँ हुन्छ र, गरिबीको उपहार बाँकी नै छ
मृत्युको उपहार चाँही अन्त्यमा दिउंला,
पहिले तिमीलाई परिवार र समाजको कलङ्क बनाउछु
दमको खिल पसालेर श्रेष्ठ उपहार मृत्यु दिन्छु
कतिका सन्तान वेघर छन् यहाँ त
कति आमाहरुको कोख रित्तो भइसके,
यी सबै कामहरू तिमै आँखा अगाडि भइरहेछ
तर पनि किन तिमीलाई रातदिन मेरै याद आइरहेछ ?
अन्त्यमा म तिमीलाई आग्रह गर्छु
मेरो मोह छोडिदेऊ, तिमो भबिष्य उज्ज्वल छ
नत्र त मसंग थुप्रै घातक उपहार छ
तिमीलाई उपहार छ है मित्र, तिमीलाई मेरो उपहार !
तिमीलाई मेरो उपहार !!
-प्रविन थारु
बर्दिया हाल:रोमानिया