राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न नेपालगन्जमा अभियान शुरु

|

नेपालगन्ज । बाँके नेपालगन्जको मुटु बिरेन्द्र चोक (धम्बोजी) मा राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न मातृभूमि नवनिर्माण अभियानको सुरु भएको छ । अभियानका संयोजक तेज बिक्रम शाहले राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न नेपालगन्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मातृभूमि नवनिर्माण अभियानको संयोजक तेज बिक्रम शाहले कुनै पनि परिस्थितिमा स्व. राजा बिरेन्द्रको शालिक स्थापन गरेरै छाड्ने बताएका छन् । मातृभूमि नवनिर्माण अभियानका संयोजक तेज बिक्रम शाहका अनुसार अभियानले नेपालगन्जको बिरेन्द्र चोक स्थित राजा बिरेन्द्रको शालिक पुनर्स्थापना गर्नको लागि पहिलो चरणमा राजनैतिक दलहरुको सहमति लिनको लागि सम्पर्क, समन्वय र अन्तरक्रिया गर्ने र जिल्ला प्रशासन कार्यालय,बाँके, अन्य सुरक्षा निकायहरु संग पनि सम्पर्क र समन्वय गर्ने बताएका छन् । नेपालगन्जको बिरेन्द्र चोकमा राजा बिरेन्द्रको शालिक जुनसुकै परिस्थितमा पनि पुनर्स्थापना गरिने जानकारी गराउदै सम्बन्धित सबैलाई रचनात्मक सहयोग र ऐक्यबद्धता जाहेर गरिदिनुहुन हार्दिक अनुरोध गर्दै अभियानको घोषणा गरेका हुन् ।

साथै राजा बिरेन्द्रको शालिक पुनःस्थापनको लागी १५१ सदस्य रहेको राजा बिरेन्द्र शालिक पुनर्स्थापना समिति,नेपालगंज,बाँके गठन गरेको जानकारी गराएका छन् । त्यस्तै अभियानले शालिक निर्माण उपसमितिको संयोजकमा गणेश थापा, स्वयं सेवक परिचालन उपसमितिको संयोजकमा कपिल् शाह, मिडिया परिचालन उपसमितिको संयोजकमा बिरेन्द्र गहतराज र आर्थिक ब्यबस्थापन उपसमितिको संयोजकमा सन्ध्या शाही रहेको जनाएको छ ।

२०८० असार २८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।