
बर्दिया । सिकाइमा सुधारका लागि उपचारात्मक कक्षा मधुबन नगरपालिकामा असार महिनाबाट संचालन हुदैछ । सामुदायिक विद्यालयका एउटै कक्षाका विद्यार्थी बिच पनि सिकाइको स्तरमा निकै असमानता रहेको माध्यामीक तहका कक्षामा सिक्नु पर्ने विषयवस्तु उपल्लो कक्षामा पुग्दासम्म पनि सिक्न नसकिरहेकोले एउटै सिकाइको स्तर भएका विद्यार्थीको समुह निर्माण गरी उपचारात्मक कक्षा सञ्चालन गर्र्न आवश्यकता देखिएकाले प्लान इन्टरनेशन नेपाल तथा र भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) द्वारा बर्दियाका बारर्दिया,मधुवन ठाकुरबाबा नगरपालीका तथा गेरुवा गाउपालीकामा का ४३ वटा परियोजना संचालन भएका सामुदायिक बिधालयमा बालबिबाह न्युनिकरण परियोजना मार्फत उपचारात्मक कक्षा (Remedial Class) संचालन गर्न गइरहेको छ ।
परियोजना संचालन भएका सामुदायिक बिधालयको उपचारात्मक कक्षाको माध्ययमबाट विद्यालयमा अध्ययनरत बालिकाहरुको विद्यालय छाड्ने बालबालिकाहरूमा विद्यालय छाड्ने सोच÷विचार लगातार अनुत्तीर्ण हुने र पढाएको कुरा बुझ्न का लागी यो कक्षा प्रभावकारी हुने देखिएको छ । उपचारात्मक कक्षाले उत्तीर्ण हुने वातावरणको निर्माण गर्न विद्यालयमा जान्ने र नजान्ने अनि अनुत्तीर्ण भइरहने विद्यार्थीहरूमाझ शिक्षकको समान सकारात्मक दृष्टिकोण जन्माउन र उनीहरूलाई विद्यालय शिक्षामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सवाललाई उपचारात्मक शिक्षण सिकाइले सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ ।
बिग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले सस्थाले बिगत २ बर्षदेखि बर्दिया जिल्लाकाे ४ वटा पालिकाहरुमा बालबिवाह न्युनिकरण परियाेजना मार्फत काम गरिरहेकाे र यसै सन्दर्भमा बाल विवाहकाे उच्च जाेखिम हुने स्थान बिधालय भएकाे र बिधालयमा बिपन्न,अपागंता भएका वालबालिका बाल विवाहकाे जाेखिममा जान सक्ने वालिकाहरु ड्रपआउट हुने, सम्भावनालाई निराकरण गर्नका लागि यस कक्षाले मद्वत पुग्ने बताउनुभयो ।
प्लान नेपालका परियोजना अधिकृत बिमल गैरेले प्लान ईन्टरनेशनल नेपालले बर्दिया जिल्लामा वालविवाहकाे उच्च जाेखिम रहेकाे र वालिकाहरु वालबिबाहकाे जाेखिममा नपरुन उनिहरुकाे सत प्रतिशत बिधालयमा नियमित र सिकाइ उपलब्धिका लागि उपचारात्मक कक्षा संचालन गर्न गईरहेको र यसले वालिकाहरुकाे सिकाई क्षमतामा बृद्वि हुने र बालबालिका पनि वालिकाहरुकाे ड्रप आउट राेकिने र वालविवाहकाे जाेखिम कम हुने बताउनुभयो ।
उपचारात्मक कक्षाको गुणस्तर नियमित संचालनका लागि बिधालय प्रसाशन बाट छड्के जाँच, तथा कक्षाकोठा अनुगमन, शिक्षक स्वःमूल्यांकन फारम, आदिका यस कक्षाको प्रभावकारी गर्ने गरि मधुबन शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा उपचारात्मक कक्षा संचालन गर्ने शिक्षकहरुका लागी उपचारात्मक कक्षा आबश्यकता, महत्व, संचालनको बिधी र कार्ययोजना सहित अभिमुखिकरण सम्पन्न गरिएको छ । यस अभिभमुखिकरणमा ११ वटा परियोजना बिधालयका गणित, अग्रेजि, बिज्ञान र सामाजिक बिषयगत शिक्षकको सहभागीता रहेको र यसको सहजिकरण मधुबन नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख नारायण प्रसाद खनालले गर्नु भएको थियोे ।
अभिमुखिकरण कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण खनालले गर्नुभएकाे र असार १ गतेदेखि नियमित कक्षा संचालन हुने गरि बिधालय स्तरिय कार्ययाेजना निर्माण गरेकाे फिल्ड सुपरभाईजर गंगा गुरुङले बताउनु भयाे ।