पालीका स्तरको सरोकारवालासंगको समन्वय बैठक सम्पन्न

|

बारबर्दिया । बारबर्दिया नगरपालीका नगरपालीकामा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप)को बाँकेको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा बारबर्दिया नगरपालीकाको समन्वय तथा सहकार्यमा स्थानिय सरकारका सरोकारवालासंग परियोजना संचालनका क्रममा आएका चुनौतीका बारेमा समिक्षा बैठक सम्पन्न गरिएको छ । बैठक बारबर्दिया नगरपालीकाको नगरप्रमुख छवीलाल थारुको आतिथ्यतामा शुरु गरिएको थियो । बैठकमा समुदायमा अझपनी भागी बिबाह,बालबिबाह,प्रजनन स्वास्थ्य,आर्थिक तथा सामाजिक कारणले बिधालय नजाने बालबालीका,बालबिबाह पछि बिधालय छाड्ने उमेर समुह ,जस्ता जटिल समस्याहरु अझपनि समुदायमा बिधामान अबस्थामा देखिएको र यस प्रकारका चुनौतिहरुका बारेमा सहभागी बिषयगत शाखा प्रमुखहरुले आआफ्नो धारण राख्नु भएको थियो । यसको निराकरण गर्नका लागी बिधालय स्तरमा बालबिबहाको बारेमा बिभिन्न खालका अन्तरकृया कार्यक्रम गर्ने,बाल मैत्री तथा लैगिक मैत्री आचारसंहिता निर्माण गर्ने, बिधालयको गुनासो सुनवाई को संयन्त्रलाइ नियमित संचालनमा राख्ने, बालसंरक्षण निति बिधालय स्तरमा यसको संरचना तयार गर्ने,बालमैत्री लैगिक मैत्री भौतिक पुर्वाधारहरुको लागी संरचना तयार गर्ने,बालबिबाह हुन नदिन उधमशिलताका तालिम तथा सहयोगका कार्यक्रम संचालन गर्ने,बिधालय तहमा अभिभावक शिक्षा कार्यक्रम, बिधालयको प्राथाना समयमा बालबिबाहको भएपछि हुने समस्या तथा कानुनी प्राबधान बारे जानकारी गराउने,बालबिबाह बारेमा समुदाय तथा बिधालय स्तरमा वालक्लब किशोरी क्लब गठन तथा पुन गठन गरि उनीहरुकै सहभागीतामा बिभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरेको खण्डमा बालबिबहा तथा बालबालीको शैक्षिक सुधार हुने

धारण राख्नु भएको थियो । धारणा राख्ने क्रममा बारबर्दिया नगरपालीका नगरपालीका भित्र यस बर्ष २० बर्ष मुनिका ४३ जना बालीका प्रजनन स्वास्थ्यका साधनहरु प्रयोग गरिरहेको र ११५ जना महिला गर्भवती रहेको उनीहरु स्वास्थ्य सस्थामा आउने गरेको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताउनु भयो ।

भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप ) बाँकेले संचालन गरेको कार्यक्रम पालीकाको लक्ष्य उदेश्य तथा आबश्यकताको आधारमा भएको र जुन उदेश्यका साथ सस्थाले कार्यक्रम संचालन गरको छ सोहि अनुसार उपलब्धी मुलक देखिएको र पालीकाको आबश्यकता तथा प्राथामकिता र दिगो बिकास लक्ष्य अन्तरगत आगामी सन २०३० सम्ममा बालबिबाह अन्त गर्ने योजना अनुसार पालीकाको कार्ययोजनामा बिभिन्न सामाजिक संघसस्थासंग समन्वय र साझेदारि गरि अगाडी बढेको कुरा नगरप्रमुख छबिलाल थारु बताउनु हुन्छ ।

बैठकका बालबिबाहको क्षेत्रमा कामगर्ने संघसस्था र बिषयगत शाखाको समन्वय बैठक मासिक रुपमा बस्ने र आगमी बर्षका लागी कार्यदल निर्माण गरि एकिकृत रुपमा कार्यक्रम संचालन गर्न,पालीकाको योजना तर्जुमा बैठममा संघसस्थाका पदाधिकारीलाइ निमान्त्रण गरि कार्यक्रम पेश गर्न अनुरोध गर्ने,पालीकाको नेतृत्वमा बालबिबाहका सवालमा पैरवीलाइ अगाडी बढाउने,संयुक्त रुपमा कार्यक्रमहरुमा समुदाय स्तरमा कार्यक्रम संचालनका लागी पालीका स्तरबाट पैरवी गर्ने योजना बनाएको छ । यस बैठकका बारबर्दिया नगरपालीकाका उपप्रमुख रत्ना कुमारी पाण्डे,सााजिक बिकास समितीका संयोजक,प्रमुख प्रशासकिय अधिकृत, बिषयगत शाखाका शाखा प्रमुख,बालक्लब संजालका अध्यक्ष,वडघर संजालका प्रतिनिधि गरि करिब १८ जनाको सहभागीता रहेको बालबिबाह न्युनिकरण परियोजना प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिन्भयो ।

२०८० जेष्ठ ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।