मधुवन नगरपालिकाले बाल विवाहमुक्त पालिका बनाउन अभियान सन्चालन गर्ने प्रतिबद्धता

|

मधुवन (बर्दिया) / मधुवन नगरपालिकाले आफनो पालिकालाई बर्दिया जिल्लाको पहिलो बाल विवाहमुक्त पालिका बनाउने अभियान शुरु गर्ने प्रतिबद्धता जनाएको छ ।
भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) र प्लान ईन्टरनेशनल नेपालको साझेदारी सन्चालनमा रहेको बाल विवाह न्युनीकरण परियोजना अन्तर्गत पैरवी बैठकमा नगर प्रमुख तेज बहादुर भाटले पालिकाले पनि बाल विवाह न्युनीकरणमा पनि सक्रिय भई योजना तथा कार्यक्रम बनाई अघि बढेको बताउनुभयो । त्यसै गरि उपमेयर अनिता चौधरीले बाल विवाह अहिले पनि समाजमा रहि रहेकोले यस्तो हानिकारक परम्परागतलाई निर्मुल पार्न स्थानीय सरकार पनि समन्वय तथा सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

मधुवन नगरपालिकाका प्रम्ख प्रशासकीय अधिकृत नोखीराम ओलीले पहिलो चरणमा वडा नं.५ र वडा नं.८ बाट बाल विवाह मुक्त वडा बनाउने अभियान सन्चालन गरिने बताउनुभयो ।

बाल विवाह न्युनीकरण परियोजनाका परियोजना ब्यवस्थापक जगदिश थापाले बर्दिया जिल्लामा पनि बाल विवाहको भयावह स्थिति रहेकोले सबै  मिलेर कार्य गर्नु पर्ने बताउनु भयो ।

२०७९ असार ३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।