नेपालगन्ज । बाँके नेपालगन्जको रामलिला मैदानमा कोभिड-१९ पितृमुक्ति श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
यश महायज्ञ सम्पन्न आवश्यक पर्ने मन्डप निर्माण, प्रचार प्रसारलगायतका कामहरु करिव ६० प्रतिशत सकिएको महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
महायज्ञ र तयारीका बारेमा केही दिन अगाडि आयोजक निलसागरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उक्त महायज्ञबाट उठेको रकमले सडक आश्रित बुवा आमा तथा बालबालिका लागि निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले धार्मिक महामहोत्सव एव कोभिड पितृमुक्ति, श्रीमद्भागवत , धनबृर्दि, ज्ञानविज्ञान महायज्ञ नेपालगन्जको रामलिला मैदानमा यहि चैत २७ गतेदखखि २०७९ बैशाख ४ गतेसम्म विशेष समारोह आयोजना हुने भएको छ ।
महायज्ञले विशेषगरी कोभिड १९ बाट मृतकको पितृमुक्तिको १ हजार ८ कोटि होवनगरी विशेष पुजागरि प्राथना गर्ने, ज्ञानविज्ञान र धनवृद्धिका लागि श्री-यन्त्र अथवा (लक्ष्मी यन्त्र)को मुख्य रहेको छ ।






