आगलागी र हुरीबतास सम्बन्धि सचेतनामुलक कार्यक्रम

|

काभ्रे फागुन । नारायणस्थान नेपाल युनाईट्स पिस क्लबको आयोजना र प्रहरी चौकी पोखरीनारायणस्थानको सहकार्यमा आगलागी र हुरीबतास सम्बन्धि श्री नारायणस्थान माध्यमिक विद्यालय, काभ्रेमा सचेतनामुलक कार्यक्रम गरीएको छ ।

बर्षको ३ महिना फागुन, चैत र वैशाख हावाहुरी र आगलागीको सबै भन्दा बढी उच्च जोखिमको महिना भएकोले आगलागीको जोखिम ठाँउहरु बाट कसरी बच्न सकिन्छ ? आगलागीमा परेकाहरुको प्राथमिक उपचार कसरी गर्न सकिन्छ ? लगायतका बिषयहरुमा प्रहरी चौकी पोखरीनारायणस्थानमा कार्यरत प्रहरी सहायक निरीक्षक हिरा बहादुर श्रेष्ठले सचेतनामुलक जानकारी र विद्यार्थीहरु सँग अन्तरक्रिया गरेका छन् ।

विभिन्न गाँउ,घरबाट पढ्नकालागी आएका विद्यार्थीहरुलाई यस किसिमका आगलागी र हुरीबतास सम्बन्धि सचेतनामुलक जानकारी गराएपछि आफ्नो घर परिवारमा गएर दाई भाई, बुवा आमा सँग सिकेको र बुझेका कुरा सबैलाई सम्झाउदा आगामी दिनहरुमा आगलागी र हुरीबतास बाट हुनसक्ने जनधनको ठूलो क्षतिबाट कम गर्न सकिने र उच्च जोखिमहरुबाट बच्न सकिने विश्वास प्रहरी सहायक निरीक्षक श्रेष्ठले व्यक्त गरे । सचेतनामुलक कार्यक्रममा स्कुलका ९,१०, ११ र १२ मा अध्ययनरत छात्र र छात्रा गरी ६५ जना विद्यार्थीहरुको सहभागी रहेको थियो ।

२०७८ चैत्र ७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।