राष्ट्रिय एकता दिवश नेपालगन्जमा मनाइयो

|

नेपालगन्ज /  श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाहको जन्म दिवश तथा राष्ट्रिय एकता दिवशको अवसरमा मंगलवार नेपालगन्जमा बृहत मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ । नेपाल हिन्दु युवा वाहिनी कमिटि बाँकेको आयोजनामा भएको बृहत मोटरसाइकल ¥याली नगरको बिभिन्न भाग परिक्रमा गरिएको हो । श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाहको जन्मदिवश तथा राष्ट्रिय एकता दिवशको अवसरमा हिन्दु धर्मावालम्बीहरुले राज्यले सार्वजनिक विदाको माग समेत गरेका थिए । नेपालगन्जको शक्ति पिठ मानिने बागेश्वरी मन्दिरको परिसरबाट निस्केको मोटरसाइकल ¥याली नेपालगन्जको न्युृरोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोक हुदै त्रिभुवन चेकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभामा हिन्दु धर्मावलम्बीहरु राष्ट्र रक्षक शाहको जन्मदिनको उपलक्ष्यमा सार्वजनिक विदा माग गरेका छन् ।

राज्यलाई बचाउको भुमिका खेल्ने शाहप्रति हिन्दु युवाहरुले चालेको कदम एक रुपता कायम गर्न उनिहरुले माग गरेका थिए । शाहको जन्म बि.स. १७७९ मा आजकै दिन अर्थात पुष २७ गते भएको थियो । पृथ्वीनारायण शाह राजालाई नेपालमा मात्र नभई दक्षिण एसिया सम्म नै एउटा दुरदर्सी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिने भएको हुनाले राज्यले शाहको जन्मदिवसमा एक खालको निर्णय अपरिहार्य गर्नुपर्ने हिन्दु युवाहरुको माग रहेको छ ।

शाहको जन्मजयन्ती हर्षोल्लास पुर्वक मानाउने गरिन्छ । यसदिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा लिदै राष्ट्रिय एकता दिवश मनाइने गरिन्छ । पृथ्विनारायण शाहको त्याग, तपस्या र बलिदानलाई स्मरण गर्दै मंगलवार मोटरसाइकल ¥याली निकाली नगर परिक्रमा गरिएको थियो । मोटरसाइकल ¥यालीमा हिन्दु युवा वाहीनीका युवाहरु करिव २ सय बढिको सहभागिता रहेको थियो ।

२०७८ पुष २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।