ठाकुरबाबा ४ का जनप्रतिनिधीको कामप्रति स्थानिय सन्तुष्ट, विकास निर्माणको कार्य तिब्र

|

ठाकुरबाबा(बर्दिया ) । स्थानिय तहमा जनप्रतिनिधि आएपछि स्थानिय निकायमा रहेका वडाहरुको विकास निर्माण कार्यले गति लिएको स्थानियहरुले बताउँछन् । ठाकुरबाबा नगरपालिका वडा नं. ४ बर्दियाका स्थानिय जनताले स्थानिय तहमा जनप्रतिनिधि आएपछि गाउँ टोलमा धेरै सुधार आएको बताउँछन् ।
वडामा भएको विकासले स्थानियवासीमा खुसी छाएको छ स्थानिय टेक बहादुर साउदले भन्नुभयो । वडामा जनप्रतिनिधि आएपछि वडामा झिलिमिली भएको छ उहाँले भन्नुभयो । सोचे र चाहे अनुसारको काम पनि समयमै हुने गरेको स्थानिय साउदले भन्नुभयो ।
पहिले सानो सानो कामको लागि पनि सदरमुकाम धाउनुपर्ने हुन्थ्यो अहिले आफ्नै वडामा सुविधा उपलब्ध भएको छ यसले समयको समेत बचत भएको छ अर्का स्थानिय पदम जैसीले भन्नुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नं. ४ बर्दियाका वडा अध्यक्ष शेर बहादुर चौधरी नगरकै पहिलो वडा कार्यालय निर्माण गर्न सफल हुनुहुन्छ । करिब ५५ लाखको लागतमा वडा नं. ४ को वडा कार्यालय निर्माण भएको छ ।
वडामा काम गरेको हौसला स्थानियले दिएपछि गर्भ महसुस हुने भएको वडा अध्यक्ष चौधरीले भन्नुहुन्छ । वडाका जनप्रतिनिधी लगनशिल र मिलनसार भएको कारण काम गर्ने वातावरण सहज भएको उहाँले बताउनुभयो । वडाले ४ नं. वडा कार्यालयसम्म जाने ग्राभेल बाटो, वडा भित्र पर्ने कल्भर्टका लागि हेमपाइप जडान, बर्गदा र बाउनपुर जोडिने पुल निर्माण, विजुली बत्ति जडान, सडक विस्तारको कार्य सम्पन्न गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
वडाले स्वास्थ्य सामाग्री, युवाहरुलाई खेलकुद सामाग्री, कृषि, शिक्षा लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको वडा अध्यक्ष शेर बहादुरले भन्नुभयो । जेष्ठ नागरिकका लागि कम्बल वितरण, अपाङगता भएका व्यक्तिहरुलाई फाइबर सिरक वितरण, गुरुवा तथा बडघरका लागि साइकल वितरण लगायतका विभिन्न सामाग्री वडावासीलाई प्रदान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
अहिले सम्म वडा नं. ४ मा ३ वटा मन्दिर निर्माण, विद्यालयलाई व्यवस्थापन खर्च सहयोग, स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री, खोप केन्द्र निर्माण, बाउनपुर र मिर्चैयासम्म जोड्ने ३ किलो मिटर सडक निर्माण, बबई शिशुमाविलाई ४ लाख बढि सहयोग, गाउँ टोल सुधार कार्यक्रमलाई व्यवस्थित गर्न ५० हजार व्यवस्थापन खर्च सहयोग, देउता राख्नको लागि सहयोग प्रदान, मुक्त कमैया र सुकुम्बासीलाई १ लाख २५ हजारको सहयोग, दलित समुदायका लागि बाख्रा पालनका लागि १ लाख बजेट सहयोग, कमलरीहरुका लागि बाख्रा पालन, शहिद वेपत्ता परिवारलाई सहयोग, स्वास्थ्य स्वयमेविकालाई दराज र साइकल उपलब्ध, आमा समुहलाई ४० हजार बराबरको सहयोग, बालवालिका स्वास्थ्यकोष निर्माण मार्फत सहयोग प्रदान, हात्ती रोक्न पर्खाल निर्माणका लागि सहयोग, गुरुवा र सोह्निीयालाई मोबाईल उपलब्ध गराएको वडाले जनाएको छ । वडा नं. ४ मा साढे १२ सय घरधुरी रहेका छन् भने करिव ८ हजारको हाराहारीमा जनसंख्या रहेका छन् ।

२०७८ पुष ८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।