ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु

|

बाँके । नेपालगन्जमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालक को मृत्यु भएको छ । नेपालगन्जको पुष्पलाल चोक नजिकै गुल्म अगाडि ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका वडा ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई बुधबार अपरान्ह ४:३० बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते भएका थिए ।

घाइते हमाल लाई नर्सिङ्ग होम अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्यत्रणमा लिएको छ ।

२०७८ पुष ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।