प्रविधिको सही सदुपयोग गर्नु पर्ने सरोकारवालाको जोड

|

सिजा । सिजा, हिमा र कनकासुन्दरी गाउँपालिकाका सरोकारवाला निकायले प्रविधिको सही सदुपयोग गर्नु पर्ने विचार राखेका छन् । क्याड नेपाल, जुम्लाको आयोजना हिमा तथा सिजा गाउँपालिकाको समन्वय तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा तिन छुट्टा छुट्टै ठाउँमा भएको १ दिने स्थानीय तहमा अवस्थित बाल संरक्षण संयन्त्र प्रणालीको प्रयोग तथा विकास बारे तालिमका सहभागीहरुले बताएका हुन् ।

सो तालिमको समापन कार्यक्रममा बोल्नु हुदै सिजा गाउँपालिका उपाध्यक्ष जन्म कन्या खत्रीले सिजा गाउँपालिकाले स्थानीय तहको योजना प्रक्रिया, बजेट प्रक्रियामा बालबालिकाहरुलाई सहभागिता गराउने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले बालबालिकाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

सिजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बालबालिकाको लागि प्रविधिको सही सदुपयोग हुुनु पर्ने बताए । सो तालिममा कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख बालअधिकार समितिका पदाधिकारी र युवा संजालका सदस्यहरूको सहभागी रहेको थियो । सो स्थानीय तहमा अवस्थित बाल संरक्षण संयन्त्र प्रणालीको प्रयोग तथा विकास बारे बाल अधिकारकर्मी सुरेन्द्र चलाउनेले सहजीकरण गरेका थिए ।

 

२०७८ पुष ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।