३५ जना जेष्ठ नागरिकलाई न्यु प्रगतिशिल युवा क्लबद्धारा सम्मान

|

बर्दिया / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. १ शान्तिपुरमा ३५ जना जेष्ठ नागरिकलाई न्यु प्रगतिशिल युवा क्लबले एक बृहत कार्यक्रमको आयोजना गरि दोसल्ला ओढाई सम्मान गरेको छ ।

सो कार्यक्रमको प्रमुख अतिथि वडा नं.१ का वडा अध्यक्ष शेर बहादुर थापाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दा जेष्ठ नागरिक प्रति श्रदा तथा सम्मान हुने बताउनुभयो । साथै उहाँले आगामी दिनहरुमा पनि युवाहरुले सकारात्मक सन्देश प्रवाह हुने सचेतनामुलक कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । सो कार्यक्रम न्यु प्रगतिशिल युवा क्लबका अध्यक्ष कमल गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०७८ पुष ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।