बाँके / बाँकेमा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिलाको मृत्यु पछि पीसीआर चेकजाँच गर्दा मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ नतिजा आएको छ ।
फोक्सोमा समस्या देखिएपछि जेठ ३० गते अस्पताल भर्ना भएकी उनको हिजो सोमबार बेलुका मृत्यु भएको थियो । उनको मंगलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेमा कोभिडका कारण मृत्यु हुनेको संख्या दुई पुगेको हो भने देशभर २० पुगेको छ । यसअघि बाँकेको नरैनापुरको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको थियो ।