नेपालगन्ज / भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले केयर नेपालको साझेदारीमा सन्चालित कोभिड–१९ पूर्वतयारी प्रतिकार्य र पुर्नलाभ परियोजना कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकाको वडा नं.६ को स्वास्थ्य सेवा प्रवाह बारे सेवाग्राहीहरुले सामुदायिक अंक पत्र मार्फत अंक प्रदान गरि आफनो विचार प्रकट गरेका छन् ।
खजुरा गाउँपालिकाको वडा नं.६ मा रहेको पुरैना र सिमलघारीका स्थानीय नागरिकहरुको सहभागितामा बृहत छलफल गरिएको थियो ।
सो समयमा ब्यव्स्थापन समिती निर्माण समेत गरिएको छ । सहिद अली तेलीको संयोजकत्वमा गठन गएिको छ । सदस्यहरुमा दुर्गा सुनार, लक्ष्मी घिमिरे, साबिर जोलाह र जेनिशा विक रहेका छन् ।
सो छलफल कार्यक्रमबाट ३ महिनाको लागि कार्य योजना पनि तयार गरिएको छ । नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग र बी-ग्रुपका परियोजना संयोजक दुर्गा पन्थी, फिल्ड सुपरभाईजर सम्झना चौधरी र अशरफ अन्सारीले सहजीकरण गरेका थिए ।
स्वास्थ्य ब्यवस्थापन समितिका उपाध्यक्ष कृष्णमाया नेपालीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका सिनियर अनमी टिकामाया गुरुङ्ग, हेल्थ असिसटेन्ट सुशिल थापा लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।






