परासी सेवा समाज युएईद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

|

सुनवल / सुनवल नगरपालिका वडा न १० मा अवस्थित गैडाखाल आधारभुत बिधालयमा विविध कार्यक्रम बिच परासी सेवा समाज युएइ मार्फत २० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई स्कुल ड्रेस, जुत्ता,कापी कलम स्वीटर समेत वितरण गरियो । साथै उक्त अवसरमा नव आगन्तुक ५० जना विद्यार्थीहरुलाई विद्यालयका तर्फबाट स्कुल ड्रेस र पुरस्कार समेत वितरण गरिएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर पुन, प्रमुख अतिथी वडा अध्यक्ष शेषकान्त अधिकारी, विशिष्ट अतिथि परासी सेवा समाजका अध्यक्ष भुपराज डुम्रे , बरिष्ठ सल्लाहकार हरि न्यौपाने, सहकोषाध्यक्ष गणपति पाण्डे,निवर्तमान अध्यक्ष कोस प्रसाद न्यौपाने, संस्थापक अध्यक्ष मित्रलाल पाण्डे, आजीवन सदस्य टेक प्रसाद सापकोटा, आजीवन सदस्य कला चापागाई र शुभचिन्तक टिकाराम ढकाललगायत पदाधिकारीहरु, वडा सदस्यहरु मधु सामुदायिक वनका अध्यक्ष, स्थानीय समाजसेवीहरु, अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा परासी सेवा समाजका सदस्य एवं समाज सेवी हरि तिवारी, वि.व्य स, सदस्य पदम बहादुर थापा, समाजका अध्यक्ष भुपराज डुम्रे , वडा अध्यक्ष शेष कान्त अधिकारीले मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक दुर्गा प्रसाद न्यौपानेले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन विद्यालयका प्रधानाध्यापक श्री जगत प्रसाद पौडेलले गर्नु भएको थियो। परासी सेवा समाजका सदस्य युवराज पुन प्रति हार्दिक आभार जसले विद्यालयको लागि उल्लेख्य भुमिका निर्वाह गर्नु भएको थियो ।
यस भन्दा पहिला विधालय अवलोकन गर्नेहरुमा अध्यक्ष भुपराज डुम्रे, महासचिव कृष्ण बास्तोला आजीबन सदस्य अतित बाबु भुसाल रहनु भएको परासी सेवा समाज युएईका प्रचारप्रसार विभागका प्रमुख केशव तिवारीे(केदार) बताउनुभयो ।

२०७८ मंसिर २०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।