सुनवल / देशमा कोरोनाले महामारीको रुप लिएको छ । यस महामारीले सबै क्षेत्रमा असर पुर्याएकाे छ । यस महामारी सँगै जुध्न सरसफाइ लाई विशेष ध्यान दिनु आवश्यक छ । महिनावारी मैत्री समाजका लागि एकता भन्ने मुल उदेश्यका साथ नारीहरूका लागि उपहार( गिफ्ट फर गल) ले स्थापनाकाल बाटै महिनावारी मैत्री समाज निर्माणका लागि काम गर्दै अाएकाे छ । यस अभियानले आज आफ्नाे प्याड आफैं बनाउ भन्ने उदेश्यले प्याड बनाउन सिकाउने तालिम सम्पन्न भएको छ । अन्लाईन माध्यमबाट भएको अाजकाे तालिममा करिब ७० जनाको सहभागीता रहेको नारीहरुका लागि उपहार अभियानका संस्थापक समीर परियारले बताय ।
कार्यक्रममा प्रशिक्षककाे रूपमा पखेटा नेपालकाे संस्थापक अध्यक्ष बिनु श्रेष्ठ रहनु भएको थियो । पखेटा नेपालले लामाे समय देखि महिनावारी स्वच्छता तथा घरेलु प्याड बनाउने तालिम सञ्चालन गरिरहेको छ । आज भएको आफ्नाे प्याड आफै बनाऔं तालिममा बालमैत्री अभियान्ता तथा सुनवल बाल सञ्जालको पुर्व अध्यक्ष विपना शर्मा, कामना फाउन्डेसन नेपालका अध्यक्ष खिमानन्द देबकाेटा , जेसिस पाेखराका अध्यक्ष शिव सापकोटा, जेसिस पाेखराका कानुनी सल्लाहकार गणेश गिरि अथितिकाे रूपमा रहनु भएको थियो ।
कार्यक्रममा बाेल्दै अभियानका संस्थापक समीर परियारले काेराेनाकाे कारणले लामाे समय सम्म लकडाउन भएको र बजारहरू पनि बन्द रहेको अवस्थ थियो तर महिनावारी महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हाे । महिनावारीमा महिलाहरूका लागि आवश्यक पर्ने प्याड बजारमा पनि अभाव रहेको र सबैको पहुँचमा नरहेको कारणले घरमै र सहजै प्राप्त हुने स्राेत साधनबाट बनाउन सकिने घरेलु प्याड बनाउने तालिम सञ्चालन गरेको बताउनुभयो । यस बाट महिनावारीमा आवश्यक पर्ने प्याड घरमै बनाउन सकिने र यस बाट पैसा र स्वास्थ दुवैका हिसाबले फाइदाजनक रहेकाे समेत परियारले प्रष्ट पार्नुभयाे ।
आफ्नाे प्याड आफै बनाऔं तालिककाे कार्यक्रम संयाेजक सरिस्रमा अधिकारीले महिनावारी स्वच्छता अभियानमा पुरूषहरूकाे पनि सहभागीता रह्यो भने अभियानले सार्थकता पाउने बताउनुभयो । महिनावारिका बारेमा समाजमा रहका नकरात्मक कुराहरू हटाउन आगामि दिनमा टिकटक प्रतियोगिता , महिनावारी कथा वाचन लगायतका कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताउनुभयो । कार्यक्रममा बाल अधिकारकर्मी सामाजिक अभियान्ता बविता परियारले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रम २ घण्टा सम्म सञ्चालन भएको थियो ।