प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित

|

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । शनिवार र आइतबार चितवनमा भएको राष्ट्रिय महाधिवेशनले १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको हो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाका अनुसार उक्त १८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने बताए । महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरिसकेको छ । अध्यक्षसहितका पदाधिकारी चयन गर्न चितवनमै १८४ जना केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भइरहेका छ । यसबीच नेतृत्वको लागि भने सहमति जुटेको छ ।

केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारीका बीच अध्यक्षका दाबेदार मध्यकै एक गोविन्द रोका (सचिन)को प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्ष लगायतका पदाधिकारीका विषयमा भने सहमति जुट्न बाँकी छ । महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।