राष्ट्रिय दलित मुक्ति जागरण अभियान, बाँकेको अध्यक्षमा प्रेम बैगार

|

बाँके । दलित समुदाय प्रति हुने अत्याचार र जातिय विभेद प्रति एकजुट भएर प्रतिकार गर्नु पर्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आयोजना गरेको बाँके जिल्ला कार्यसमिति गठन कार्यक्रमका सहभागीले यस्तो कुरा बताएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको बाँके जिल्ला कार्यसमिति गठन भएको छ ।

प्रेम बहादुर बैगारको अध्यक्षतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको २१ सदस्यीय बाँके जिल्ला कार्यसमीति गठन भएको छ । वरिष्ठ उपाध्यक्ष शुशिला नेपाली लगायत अन्य सहसचिव,सचिव,कोषाध्यक्ष लगायत सदस्यहरु रहेका छन् । संगठन विस्तार कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल पश्चिम संयोजक खगेन्द्र सुनारले गठित नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको छ । साथै देशव्यापि रुपमा दलित समुदायलाई एकीकृत ढङगबाट अघि बढाउन समुदायलाई जागरण र राज्यलाई दवाव पैदा गर्ने बताउनुभयो ।

नवनियुक्त बाँके जिल्ला अध्यक्ष प्रेम बहादुर बैगारले हरेक दलित समुदाय माथि हुने विभेदका घटनाहरुलाई हातोमालो गरि सशक्त रुपमा आवाज उठाउने र दलित समुदायलाई एकता गरेर दलित अधिकारको लागि सदैव लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । विगत दुई वर्षदेखि लकडाउन अवधिमा दलित समुदायमाथि निरन्तर रुपमा भइरहेको अत्याचारको विरुद्ध मानवरुपी र विभेदरहित वैकल्पिक समाजको निर्माणको लागि उदाएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान हजारौंको संख्यामा फाल्गुन १ गते पूर्वको सप्तरी, पश्चिमको दैलेखबाट एकैसाथ उदघोष भएको लोकप्रिय अभियानको रुपमा यतिबेला जनमानसमा स्थापित छन् । त्यसपछि बाँकेमा नेपालगंजमा गएको चैत्र ३० दलित समुदायका करिव ३० हजार मानिसहरु सडकमा आएका थिए । र सल्यानमा कार्तिक १५ गतेका दिन दलित समुदायले विशाल जनप्रर्दशन गरको थियो । नवराज घटना देखि प्रदेश २ मा दलित समुदायमाथि भएको घटनासम्म अभियानले सशक्त भूमिका खेल्दै आएको छ । अभियानको नेतृत्वमा पश्चिममा संयोजक खगेन्द्र सुनार र पूर्वीय संयोजकमा राजेश विद्रोहीले नेतृत्व सम्हानु भएको छ ।

२०७८ मंसिर १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।