नरैनापुरमा मनाईयो ३० औ अन्तराष्ट्रिय बिश्व अपाङ्गता दिवस

|

नरैनापुर । “हाम्रो प्राथामिताको आधार अपाङ्गता भएको व्यक्तिको अधिकार” भन्ने मुलनाराका साथ ३० औ अन्तराष्ट्रिय बिश्व अपाङ्गता दिवस बाँकेको नरैनापुरमा मनाइएको छ । राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय बाँकेको आयोजना तथा अपाङ्ग सरोकार केन्द्र नेपाल, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिबन केन्द्र बाँके, त्रिशक्ति अपाङ्ग तथा दलित सेवा लोकतान्त्रिक अपाङ्ग संघ बाँकेको सहकार्यमा अपाङ्गता दिवस भव्यका साथ मनाईएको हो ।
राष्ट्रिय मधेश अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय नेपालगन्ज बाँकेका राजेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी रेडक्रस सोसाईटी गंगापुर बाँकेका सदस्य तथा समाजसेवी डिट्टा प्रशाद मौर्या रहनुभएको थियो । राष्ट्रिय मधेशी अपाङ्ग महासंघको आयोजनामा ३० औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका ४ जना अपाङ्ग व्यक्तिलाई तिन पाङग्रे साईकल (ह्विल चियर) प्रदान गरिएको थियो । यस्तै जलवर्षा चमारिनलाई इयेर साइबर, मनोहर धोवी र हरिराम गोडियालाई बैशाखी प्रदान गरिएको थियो ।
कार्यक्रममा जैकिशान मा.बि का बरिष्ठ शिक्षक सन्तोष कुमार तिवारी, नरैनापुर गाउपालिका ६ न..ं वडा सदस्य सारदा पत्ती मौर्या, गंगापुर वडा नं ६ का प्रहरी ईन्चार्ज बुद्धी सागर चौधरी, नरूनापुर गाउँपालिका स्तरिय अपाङ्ग संञ्जालको अध्यक्ष गरु दयाल मौर्या, अपाङ्ग सरोकार केन्द्र नेपालका महासचिब राम समुभ बिश्वकर्मा, स्थानिय अगुवा, समाजसेवी, बुद्धीजिबी, बिद्यार्थी, पत्रकार लगायतको सहभागी रहेको थियो । कार्यक्रममा बिभिन्न किसिमको कला जस्तै ः नित्य, गित, गजल, चुट्किला लगायतका कला प्रस्तुत गरिएको थियो भन्ने कार्यक्रमको सञ्चालक स्थानिय युवा नेता अरुण दर्पणले सञ्चालन गर्नुभएको थियो ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।