वेवारिसे शवको आज अन्तिम संस्कार गरियो

|

नेपालगन्ज / बाँके जिल्ला प्रशासन कार्यालय बाँके अगाडि यहि १५ गते वेवारिसे अवस्थामा भेटिएको शवको आज अन्तिम संस्कार भएको छ ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१० स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटिमा फेला परेको थियो जिल्ला प्रहरी कार्यालय, बाँकेको आधिकारिक फेसबुकमा अपडेट गरिएको थियो ।

अन्दाजी ६१ वर्षको नामथर र वतन नखुलेको मुस्लिम समुदायको शव सनाखतका लागि भेरी अस्पताल नेपालगन्जमा शव गृहमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालयको फेसबुकमा जब अपलोड भयो बाँके नेपालगन्जका बाल अधिकारकर्मी मोहम्मद सलमान सलमानी र मोहम्मद सलिम हलवाईले भेरी अस्पातलमा बुझे र अस्पतालबाट जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह अनुसार सलमानी र हलवाईले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि नेपालगन्ज मुस्लिम समाज नेपालसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयमा बेबारिसे लासको ब्यवस्थापनको लागि अनुरोध गरेका थिए ।

यसरी ३ दिनमा शवको अन्तिम संस्कार गरिएको छ । मुस्लिम धार्मिक परम्परा अनुसार नेपालगन्जको वडा नं ४ मा रहेका कर्बस्तानमा दफनाएको छ ।
सो कार्यको लागि नेपालगन्ज मुस्लिम समाज नेपालका अध्यक्ष हाकिम हलवाई, उपाध्यक्ष फिरोज हलवाई र महासचिव जयोल हक हलवाईको पनि सहयोग रहेको थियो । बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी र नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगरको पनि सहयोग रहेको बाल अधिकारकर्मी मोहम्मद सलमान सलमानीले बताए ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।