पोखरा । तमु समुदायको सामाजिक, पुरानो संस्था तमु धिं नेपालले सल्लाहकारमा पुर्व सांसद, संविधानसभा सदस्य हितकाजी गुरुङलाई चयन गरेको छ। तमु धिंको शुक्रवार सम्पन्न बैठकले संस्थाका पुर्व युवा संयोजक एवम पोखरामा सामुहिक रुपमा ट्होटें मनाउन शुरु गराउनु भएका गुरुङलाई सल्लाहकार मनोनयनको निर्णय सहित तमु धिं नेपालका यसवर्ष करिब १ करोड रुपैया लागतमा निर्माणको तयारी र आउदै गरेको ल्होछारमा विविध कार्यक्रमको निर्णय गरेको हो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा क्षेत्रीय तमु समाजका अध्यक्ष तथा प्रतिनीधिसहितको बैठकले पोखरा ९ नयाँबजारस्थित तमु धिं परिसरमा गण्डकी प्रदेश सरकारबाट विनियोजित ५० लाख रुपैयासहित जनसहभागितामा तमु धिंमा भवन निर्माण, पोखरा महानगरपालिकाको ३० लाख रुपैयासहित जनसहभागितामा तमु धिं संग्रहालयको निर्माण प्रारम्भ, प्रदेश सभा सदस्य मीना गुरुङको सांसद विकास कोष लगायतको सहयोग र जनसहभागितामा १७ लाख रुपैयामा कैठक कक्ष र कार्यालय कोठासहित ट्रस निर्माण गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारको सहयोगमा निर्माण हुने तमु धिं भवन निर्माणका लागि द्धितिय उपाध्यक्ष नारायण गुरुङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा हिरादेवि गुरुङ, सचिवमा सुरेन्द्र गुरुङ, कोषाध्यक्षमा सु.तुलबहादुर गुरुङ, सदस्यहरुमा कौशिला गुरुङ, बालकुमारी गुरुङ र रमेश गुरुङ र अनुगमन समितिमा वडा नं. ९ की सदस्य राममाया मानन्धर, सदस्यहरु विग्नेस थापा र प्रदिपकुमार गुरुङ(अध्यक्ष, चारभञ्ज्याङ तमु समाज) रहनु भएको छ।
यसरी नै पोखरा महानरपालिकाको सहयोगमा तमु धिं संग्रहालय मर्मत तथा संभारका लागि वरिष्ठ उपाध्यक्ष सुमे. श्रीप्रसाद गुरुङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ। समिति उपाध्यक्षमा कृष्णकुमार गुरुङ,सचिव प्रेमबहादुर गुरुङ, कोषाध्यक्षमा पवित्रादेवी गुरुङ र सदस्यहरुमा श्रीजंग गुरुङ, बालकुमारी गुरुङ(आमा कोषाध्यक्ष), पदमबहादुर गुरुङ(अध्यक्ष,बगर तमु समाज) र अनुगमन समितिमा संयोजक सल्लाहकार हितकाजी गुरुङ, सल्लाहकार मे.दिलबहादुर गुरुङ, सल्लाहकार गिरीप्रसाद गुरुङ रहनु भएको छ।
यस्तै गरी तमु धिं ट्रस(बैठक कक्ष, कार्यालय कोठाहरु निर्माणका लागि सहसचिव एवम निर्माण विभाग प्रमुख गोपाल गुरुङको अध्यक्षतामा उपाध्यक्षमा जुना गुरुङ, सचिवमा जुमकाजी गुरुङ, कोषाध्यक्षमा ऐनशोभा गुरुङ र सदस्यहरुमा शशीकुमार गुरुङ, बीना गुरुङ(आमा समिति महासचिव), पर्त घले(अध्यक्ष, हिमाली गुरुङ परिवार) र अनुगमन समितिको संयोजकमा सल्लाहकार रुद्रकुमारी मैना गुरुङ, सल्लाहकार मे.लक्ष्मीप्रसाद गुरुङ र प्रथम उपाध्यक्ष गीमाया गुरुङ रहनु भएको छ।
यसरी नै तमु भाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र बिकाशका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा तमु भाषा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने योजना तमु धि बनाएको छ। तमु भाषा प्रशिक्षणका लागि भाषा साहित्य संस्कृति प्रमुख कृष्ण कुमार गुरुङको संयोजकत्वमा कोषाध्यक्ष भाषा प्रशिक्षक गमबहादुर गुरुङ र आमा समिती सहसचिव बालकुमारी गुरुङ रहेको ब्यवस्थापन समिती गठन गरेको छ।
यसरी नै आउदो ल्होछार एवम तमु धिंलाई संस्कृतिमय बनाउन ८ पिर्के पिङ निर्माण र समन्वय, सहयोगका लागि कोल्मा बहाकोट तमु समाज अध्यक्ष सु.भोज बहादुर गुरुङलाई जिम्मेवारीसहित कार्यसफलताको शुभकामना व्यक्त गरिएको थियो।
तमु धिको शुक्रबारको बैठकले तमु ल्होछार २०७८( तो ल्हो) आगमनको अवसरमा पुस १० गते तमु कलाकार संघको आयोजनामा सास्कृतिक कार्यक्रम, पुस ११ गते तमु धि नेपाल केन्द्रिय आमा समितिको आयोजनामा ल्होछार शुभकामना आदान प्रदान कार्यक्रम, पुस १२ गते तमु धिं नेपाल युवा विभागको आयोजनामा तमु युवा अभिमुखीकरण/प्रशिक्षण कार्यक्रम, पुस १३ गते तमु धिं नेपालद्धारा शुभकामना आदानप्रदान, अभिनन्दन, सम्मान, पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रम, पुस १४ गते बिहान तमु ह्युलाचोक सरसफाई(तमु सहयोग समिति पार्दी), बेलुका ५ बजे तमु ह्युला चोक दिप प्रज्वलन, त्यस पश्चात तमु धिं नेपालमा तो ल्हो स्वागत कार्यक्रम, पुस १५ गते क्होइबो, गुम्बा र समाज घरहरुमा पुजा, रिप लगाउने, पुजा, ग्रहशान्ति गर्ने र त्यस पश्चात् सामुहिक ल्होछार कार्यक्रम अनुसार अघि बढ्ने र पुस १६ गते मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ज्युको पुजनीय बाबा समाजसेवी टेकसाई गुरुङको स्मृतिमा तो ल्होछार छेलो प्रतियोगितासहितको कार्यक्रम गर्ने निर्णय भएको छ।
यसै बिच तमु धिं नेपालका पुर्व उपाध्यक्ष कर्णेल रामकाजी गुरुङको सुपुत्र, हाम्रा सहयोगी, कोने(घोताने/घोण्डे) समाज युकेको नवनिर्वाचित अध्यक्ष क्या.पिताम्बर गुरुङलाई भाङ्ग्रा, खादाबाट बधाई, शुभकामना र स्वागत गरिएको थियो भने पैंयु खोला तमु समाजको नवनिर्वाचित कार्यसमिति र आमा समितिलाई बधाई र स्वागत, तमु धि नेपालकी प्रथम उपाध्यक्ष गीमाया गुरुङ नेपाली काँग्रेस महाधिवेशनमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई,मिलिजुली बिजयपुर तमु समाजका अध्यक्ष ई. मानकाजी गुरुङ क्यानडा छोटो बसाई पश्चात् पोखरा फर्कनुभएकोमा स्वागत गरिएको थियो।
कार्यक्रममा सम्मानित कोने(घोताने/घोण्डे) समाज युकेको नवनिर्वाचित अध्यक्ष क्या.पिताम्बर गुरुङ, पैयुँखोला तमु समाजका नवनिर्वाचित अध्यक्ष कुमार गुरुङ, कोल्माबहाकोट तमु समाज पोखराका अध्यक्ष सु.भोजबहादुर गुरुङ, तमु धि कार्यसमिति सदस्य एवम प्रचार प्रमुख सुरेन्द्र गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले संचालन गर्नुभएको थियो।






