नेपालगन्ज / बाँके जिल्लाको नेपालगन्जमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पहिलो दिन नेपालगन्जको विभिन्न चौकहरुमा दिप प्रज्वलन गरि भब्य रुपमा उद्घाटन गरिएको छ । “घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक संघ सस्थाहरुको सहकार्य रहेको थियो ।
सो दिप प्रज्वलन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले दिप प्रज्व्लन गरि उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहा नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख शोभा शाह, मन्जु पाण्डे साथै विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा माइती नेपालका भिष्म लोध, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ बाल अधिकारकर्मी साहिल अन्सारी, राजेन्द्र बिस्ट, मेनका रावत पत्रकार, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी लगायत अन्यको उपस्थित रहेको थियो । आज नै पत्रकार सम्मेलन गरि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम बारे जानकारी दिईएको थियो ।






