ट्रकको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु

|

कैलाली । ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएपछि तनाव सृजना भएको हो ।

प्रदर्शनकारीले ठक्कर दिने ट्रकमा आगो लगाएका छन् । अहिले स्थानीयवासीले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ ।

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

२०७८ मंसिर ९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।