बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्कियाे

|

बाँके । बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।

अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।

स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् । जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । र, अवतरणका क्रममा स्यालसँग जहाज ठोक्किन पुगेको थियो ।

२०७८ मंसिर ८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।