सचेतना जगाउँदे समाज सेवा संस्था नेपालका कलाकारहरु

|

बाँके / लागु औषध दुुरब्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक सडक नाटक आज नेपालगन्जको धम्बोझी चोकमा प्रस्तुत गरिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । सोही अवशरमा नवकिरण पुनःस्थापना केन्द्र, नेपालगन्जका अध्यक्ष उत्तम खरेल, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ र यात्रा मिडिया हाउसका जनक थापा लगायतको सहभागिता रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका, बाकेको सहयोग, नवकिरण पुनःस्थापना केन्द्र र जुनकीरी महिला समुह बाके लगायत सस्थाहरुको सयुक्त आयोजनामा समाज सेवा सस्था नेपाल, कोहलपुर १४ हवलदारपुर बाँकेका कलाकारहरुद्वारा नाटक प्रस्तुत गरिएको थियो । सो नाटकमा कलाकार बिनोद थापा, लोकेन्द्र शाही, रमिता चौधरी,एलिशा थापा, कल्पना चन्द, मनी बुढा, महेन्द्र मल्ल, पुस्तिका  शर्मा, चन्द्र घायल र आशा सिजाली मगरको जिबन्त अभिनय रहेको थियो ।

सोही अवशरमा बोल्नु हुदै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले लागु औषधको लतमा नफस्न युवाहरुलाई आग्रह गर्नुभया । साथै उहाँले समाजमा केही लागु औषधको काम कारवाही भएको जानकारी भए नजिकैको प्रहरीलाई सुचना दिई अशल नागरिकको भुमिका निभाउन समेत आहन गर्नुभयो ।

२०७८ मंसिर ४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।