अमेरिकाका नेपाली भाषी लक्षित डान्स र गायन रियालिटी शो घोषणा

|

काठमाडौं । दुई नयाँ गायन र नृत्यसम्बन्धी टेलिभिजन रियालिटी शोको घोषणा भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मेरो डान्सकप युएसए र मेरो भ्वाइसकप युएसए सिजन दुई शो आयोजना हुन लागेको जानकारी दिइयो । दुबै सोको अडिसन नोभेम्बर २७ देखि अमेरिकामा सुरु हुने भएको छ । मेरो डान्सकप युएसए जनवरीबाट सुरु हुने भएपछि मिति तोकिएको छैन । यो शोको निर्णायकमा दिलिप रायमाझी, केकी अधिकारी, शंकर विसी र नरमान राई रहने भएका छन् ।

मेरो भ्वाइस कप सिजन २ को निर्णायकमा भने गायक प्रमोद खरेल हुने भएका छन् । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली भाषीले यी दुबै रियालिटी शोमा भाग लिन पाउने भएका छन् ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सोको आयोजना गर्न लागेको हो । संस्थाका अध्यक्ष डिल्ली अधिकारीले ती शोले नेपाली भाषाबीच सांस्कृतिक निकटता ल्याउने बताए । उक्त संस्थाले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई राहत सामाग्री प्रदान गर्दै आएको छ ।

२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।