समाचारदातालाई काममा नलगाइएको विषयप्रति प्रेस काउन्सिल नेपालकाे ध्यानाकर्षण

|

काठमाण्डौं / प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर) लाई काममा फर्काउन आग्रह गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदाता (स्ट्रिञ्जर) लाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ ।

काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भैरहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले केही सञ्चार गृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलव्ध नगराइएको र सेवाबाटै निष्काशन गरेकोप्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य नगर्न्नगराउन सम्वद्ध सबै पक्षसँग आग्रह गरेको बताइएको छ ।

२०७८ कार्तिक २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।