काठमाडौ । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य कार्तिक २४ गते राती १२ बजेदेखि लागू हुनेगरी फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो ।
यस्तै खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेकाे निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
यसअघि निगमले गएकाे कात्तिक १२ गते इन्धनकाे मूल्य बढाएकाे थियाे ।






