लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने

|

काठमाडौँ । लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको हो ।विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने,“यसपालीदेखि लिपुलेक, लिम्पयाधुरा र आसपासमा रहेका नेपाली भूमि र बस्तीहरुमा पनि जनगणना गरिने छ ।”

राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि सुरु हुँदै छ । यसअघि नै भइसक्नुपर्ने जनगणना कोरोना भाइरसका कारण ढिलोगरी सुरु हुन लागेको हो । यसअघि अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारीसँगै विभिन्न संघ संगठनहरुले उक्त क्षेत्रमा जनगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए ।

उक्त क्षेत्रमा झन्डै ६ दशकयता भारत सरकारले कब्जा जमाउँदै आएको थियो । तत्पश्चात उक्त क्षेत्रलाई समेत समेटेर २०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा पारित गरेको थियो । त्यसपछि नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

२०७८ कार्तिक २४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।