टिकापुर । चक्कु प्रहारबाट कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भुपेन्द्र बडुवालको ज्यान गएको छ । मंगलवार राति ९ बजे टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई चक्कु प्रहार हुँदा ज्यान गएको छ।
तीन चार जनाको समूहले लखेट्दै बडुवालमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको जनाएको छ ।
प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान र अपराधीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए ।
घटनाको नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा दुई समूहबिच झडप भएको हुनसक्ने खुलेको सापकोटाले बताए ।






