पहिलो पटक राप्ती नदीस्थित सिधनिया घाटमा महादीपोत्सव गरिँदै

|

डुडुवा । हिन्दुहरूको महान पर्व तिहार (दिपावली)को अवसरमा बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा बुधबार महादीपोत्सव गरिँदै छ । उज्यालोको पर्व भनेर समेत चिनिने तिहारको अवसरमा डुडुवा गाउँपालिकाको राप्ती नदीस्थित स्नान घाटमा बुधबार साँझ महादीपोत्सव गरिन लागिएको छ ।

महादीपोत्सवका क्रममा पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिने जनाएको छ । बागेश्वरी संचार सेवा प्रालि र समस्त डुडुवा गाउँपालिकाबासीको आयोजनामा राप्ती नदीमा पहिलोपटक महादिपोत्सव हुन लागेको हो । सिधनियाघाटस्थित स्नान घाट वरिपरि, त्यहा रहेको मन्दिर परिसर र पुलमा दीपोत्सव गरिने बागेश्वरी संचार सेवाका प्रबन्धक सन्तोष गुप्ताले जानकारी दिनुभयो ।

घाटमा कार्यक्रमको तयारी ३ बजेदेखि नै शुरू हुने भएपनि दीपोत्सव कार्यक्रम ठिक ५ बजेबाट शुरू हुनेछ । डुडुवा गाउपालिका अर्थात बाँकेको क्षेत्र नं २ मा नै पहिलो पटक यस्तो खालको कार्यक्रम गरिन लागिएको छ । कार्यक्रम धेरैभन्दा धेरै व्यक्तिहरूको उपस्थिति भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरिएको छ ।

२०७८ कार्तिक १६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।