बडघरलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

|

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ द्धारा आयोजित बड्घर सम्मान तथा दिपावली एवं छठ् पर्वको शुभकामना आदान प्रदान कार्यक्रम वडा कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रमका सभापति तथा वडा अध्यक्ष नारायण मल्लले आफ्नो वडाका ११ जना बड्घरहरु लगायतलाई दिपावली एवं छठ् पर्वको शुभकामना व्यक्र्त गर्दै बड्घरहरुले वडामा खेलेको भुमिका र उहाँहरुले गरेको योगदानको सम्मान स्वरुप वडा स्तरिय योजनाबाट विनियोजित रकमले वडा कार्यालयद्धारा बड्घरहरुलाई प्रमाण पत्र र साईकल दिएर सम्मान गरेको बताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बड्घरहरुलाई शुभकामना दिँदै उहाँहरुलाई बोलाएर वडाले सम्मान गरेकोमा खुशी प्रकट गर्नु भयो । उहाँले आगामी दिनमा पनि बड्घरहरुको कामको मूल्यांकन गरी यस्तै किसिमको योजना बनाई बड्घरहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा बड्घरहरुले आफुहरुलाई कहिँकतैबाट पनि कुनै किसिमको सेवा सुविधा नमिलेकोमा गुनासो पोख्नु भएको थियो । उहाँहरु भन्नुहुँन्छ, हामीहरुलाई सेवा सुविधा नभएपनि हामीहरु जन सेवा तथा वडा विकासमा लागिरहेको हुन्छौं । आज वडाले गरेको सम्मान कार्यक्रम प्रति हामीसबै खुशी छौं ।

वडाका बुद्धिजीवि, नेपाल प्रहरी र संचारकर्मी लगायतको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मनतव्य नगरपालिका कार्यसमिती सदस्य रामप्यारी चौधरीले राख्नु भएको थियो भने संचालन वडा सचिव कल्याण कुमार तिमिल्सिनाले गर्नु भएको थियो । कार्यक्रम संचालनका क्रममा उहाँले वडा स्तरिय योजनामा १ लाख रुपैयाँ विनियोजन गरिएको र बड्घरहरुले गरेको सेवालाई मध्येनजर गरी सम्मान कार्यक्रम राखिएको जानकारी गराउनु भयो ।

२०७८ कार्तिक १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।