बैजनाथ गाउँपालिकाको वडा नं. ६ बाल विवाह मुक्त वडा घोषणा

|

बैजनाथ  / बैजनाथ गाउँपालिकाको वडा न ६ लाई आज बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल र उपाध्यक्ष शारदा रेग्मी विकले वडालाई बाल विवाह मुक्त घोषणाको प्रमाणत्र वडा अध्यक्ष भद्र बहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अध्यक्ष रुचालले बाल विवाह सधैका लागि अन्त्य गर्नका निम्ति स्थानीय समुदाय सचेत हुन आवश्यक रहेको बताए । उनले समृद्ध बैजनाथ बनाउनका निमित्त बाल विवाह अन्त्य प्रमुख लक्ष्य रहेको बताए । रुचालले छिटै पालिका पनि बाल विवाह गाउँपालिका घोषणा गरिने उद्घोष समेत गरेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले बाल विवाहका दिर्घकालिन असर समुदाय सचेत हुन आवश्यक रहेका बताइन । उनले बाल विवाहले मुत्यु वरण समेत भएका घटनाबाट समुदायले ज्ञान लिुनु पर्ने आफ्नो धारणा राखिन् ।

कार्यक्रममा बाल विवाह अन्त्य वडा बनाउनका लागि प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपाल बाँकेले विभिन्न चरणमा सर्वे तथा सचेतनामुलक कार्यक्रममा वडा स्तरमा संचालन गरेको थियो । कार्यक्रममा वडा स्तरमा वाल विवाह अत्यका लागि क्रियाशिल किशोरी क्लब, बाल क्लब,युवा क्लब तथा सामाजिक संघसंस्था लगायतलाई प्रमाणपत्र तथा सम्मान गरिएको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य ,कर्मचारी ,प्रहरी स्थानीय राजनितिक दल ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

२०७८ कार्तिक १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।